विपक्षीको नाराबाजीबीच दुई विधेयक बहुमतले स्वीकृत


काठमाडौं – विपक्षी दलको नाराबाजी र विरोधका बीच प्रतिनिधिसभामा दुई विधेयक बहुमतले स्वीकृत भएका छन् ।

विपक्षी सांसदहरूले वेल घेरेर लगातार नाराबाजी गरिरहेकै अवस्थामा सभामुखले प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ ‘विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

उक्त विधेयकमाथि छलफलका लागि कुनै पनि सांसदले नाम दर्ता नगरेपछि छलफल बिना नै प्रक्रिया अघि बढाइएको हो । विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले संसदमा पेस गरेकी थिइन् । तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान राख्दै विरोध जनाइरहेका छन् ।

यसैगरी, मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ माथि पनि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरेका छन् । सो प्रस्तावमाथि पनि छलफलका लागि कुनै सांसदले नाम दर्ता नगरेको बताइएको छ ।

प्रतिक्रिया