
‘संसदको गरिमा जोगाउन सकिँदैन भने मार्गप्रशस्त गर्दा राम्रो’
काठमाडाैं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह बालेन प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएको विषयमा बिहीबार पनि प्रश्न उठाएका छन् । बिहीबारको बैठकमा उनले प्रधानमन्त्री बालेन संसदको सदस्य हो कि होइन भनी प्रश्न गरे ।
‘नियमावलीमा सात दिनभित्र सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भनिएको छ । उहाँ यो संसदको मेम्बर हो कि होइन ?,’ साम्पाङले प्रश्न गरे ।
प्रधानमन्त्री बालेनले गृह मन्त्रालय आफैँसँग राखेकाले सुकुम्बासी समस्यालगायतका विषयमा प्रश्न रहेको उनले बताए । ती प्रश्नको जवाफ प्रधानमन्त्रीले संसदमा आएर दिनुपर्ने उनको भनाइ थियो ।
उनले कर्तव्य पूरा गर्न नसक्ने हो भने मार्गप्रशस्त गर्दा राम्रो हुने बताए । ‘संसदको गरिमा जोगाइ राख्न पर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्न सक्नु हुन्छ कि हुँदैन ? कर्तव्य पूरा गर्न सक्नु हुन्नभने मार्गप्रशस्त गर्दा राम्रो,’ साम्पाङले भने ।



कागजपत्र |
