प्रतितोला १८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ ।

कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८ सय रुपैयाँले बढेर दुई लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ९० रुपैयाँले बढेर प्रतितोला ५०५० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५१ हजार ८ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४३२९.५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया