क्रिकेट अम्पायर भास्कर अर्यालको निधन


काठमाडौं- नेपाली क्रिकेटका अम्पायर भास्कर अर्यालको निधन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै अर्यालको निधन भएको जानकारी दिएको हो ।

क्यानले अर्यालको निधनले समग्र क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको जनाएको छ ।

“दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार, आफन्त तथा सम्पूर्ण क्रिकेट परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं,” क्यानले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया