फेरि १५ मिनेटका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक


काठमाडौं — प्रतिनिधिसभाको बैठक पुनः १५ मिनेटका लागि स्थगन भएको छ । बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहका उपस्थितिको माग गर्दै आसनबाट उठेर विरोध जनाएपछि सदनको कारबाही स्थगन भएको हो ।

त्यसअघि बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताएका थिए ।

त्यसअघि प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम टेबुल गरेका थिए । त्यसपछि छलफलका लागि प्रतिनिधिसभा सञ्चालन हुने कार्यसूची रहे पनि छलफल हुन सकेको थिएन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्रीको उपस्थिति अपरिहार्य रहेको बताउँदै विरोध जनाएपछि सभामुख डीपी अर्यालले आफै दोस्रो पटक १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया