कैलालीमा दुई किशोरी मृत फेला, एसईई नतिजासँग जोडियो प्रारम्भिक अनुसन्धान


धनगढी-  कैलालीको गोदावरी नगरपालिकामा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्।

मंगलबार गोदावरी नगरपालिका–५ गेटाकी १६ वर्षीया र वडा नम्बर–८ स्याउलेकी १५ वर्षीया किशोरी आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार दुवै किशोरी पङ्खामा झुन्डिएको अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

प्रारम्भिक सोधपुछका क्रममा दुवै किशोरी एसईई परीक्षाको नतिजाप्रति असन्तुष्ट रहेको खुलेको प्रहरीले जनाएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया