
माध्यमिक तहसम्म निःशुल्क शिक्षा कार्यान्वयन गर्ने सरकारको घोषणा
काठमाडौं– सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक शिक्षालाई सुदृढ बनाउँदै निःशुल्क शिक्षा प्रणालीलाई प्रभावकारी रूपमा लागू गरिने बताएका हुन् ।
सरकारले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी बढाउने तथा निजी शिक्षालाई नियमन गर्दै सेवामुखी बनाउने नीति लिएको छ ।
त्यसैगरी उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गर्ने, सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र कृत्रिम बौद्धिकता (एआई) प्रविधि जोड्ने योजना समेत अघि सारिएको छ ।
शिक्षक नियुक्ति तथा पदोन्नति प्रणालीलाई योग्यतामा आधारित बनाइने र उत्कृष्ट शिक्षक पहिचान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



कागजपत्र |
