
वैदेशिक रोजगारीका लागि नयाँ सम्झौता गर्ने सरकारको नीति
काठमाडौं- सरकारले काम गर्ने उमेरका नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउन श्रम कूटनीति विस्तार गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च तलब दिने देशहरूसँग नयाँ श्रम सम्झौता गरी नेपाली श्रमिक पठाइने जानकारी दिए ।
सरकारले वैदेशिक रोजगारका लागि छुट्टै व्यवस्था र सहज प्रक्रिया बनाइने पनि जनाएको छ ।
नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई बाध्यता होइन, विकल्पका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसका लागि ‘एक देश रोजगार दशक’ कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख गरिएको छ ।



कागजपत्र |
