राजनीतिक दलसँग सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा


काठमाडौं-  सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताएका हुन् ।

उनले राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी बहसपत्र तयार गरिने जानकारी दिए ।

“सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिनेछ,” राष्ट्रपति पौडेलले भने ।

यसैबीच, सरकारले यसअघि नै प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले हाल आफ्नो काम अघि बढाइरहेको जनाइएको छ ।

प्रतिक्रिया