
सहकारी बचत फिर्ताका लागि ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने
काठमाडौं- सरकारले सहकारीमा फसेको बचत फिर्ता गर्न ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गर्ने उद्देश्यले यस्तो कोष स्थापना गरिने जानकारी दिएका हुन् ।
सरकारले यसअघि अध्यादेशमार्फत समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि चक्रीय कोष स्थापना गर्ने व्यवस्था गरेको थियो ।
तर नयाँ नीति तथा कार्यक्रममा त्यसलाई परिमार्जन गर्दै एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने नीति लिइएको उल्लेख गरिएको छ ।
यस कोषमार्फत सहकारी पीडित बचतकर्ताको रकम व्यवस्थित रूपमा फिर्ता गर्ने र वित्तीय सुरक्षालाई मजबुत बनाउने सरकारको लक्ष्य रहेको छ ।



कागजपत्र |
