थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा रिहा


काठमाडौं- थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावत्रा जेलबाट पेरोलमा रिहा भएका छन्।

लामो समय अस्पताल बसेर कारागारको सजाय छल्न खोजेको भन्दै अदालतले आदेश दिएको आठ महिनापछि ७६ वर्षीय थाक्सिन समर्थकहरूको घुइँचोका बिच बाहिर आएका हुन्।

विगत २५ वर्षदेखि थाई राजनीतिमा हावी रहेका यी व्यवसायीको प्रभाव पछिल्लो समय उनको जेल बसाइ र फेब्रुअरीको चुनावमा आफ्नै दल फ्यु थाई पार्टीले व्यहोरेको ऐतिहासिक हारका कारण केही कमजोर बनेको छ।

बैङ्ककको क्लोङ प्रेम जेलबाट बाहिर निस्कने क्रममा सेतो रङको खुकुलो कमिज र छोटो कपालमा देखिएका थाक्सिनले छोरी एवं राजनीतिक उत्तराधिकारी पेतोङतार्न सिनावत्रासहित परिवारका सदस्यहरूलाई अँगालो हालेका थिए।

प्रतिक्रिया