
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।
आजै अपराह्न सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशन र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सन्दर्भमा यो बैठकलाई महत्वपूर्ण मानिएको छ। बैठकमा सरकारका नीतिगत निर्णयहरू र सदनमा पेस गरिने विभिन्न अध्यादेशहरूबारे छलफल हुने सम्भावना छ।



कागजपत्र |
