

गोरखाका सिडियो दम्पतीसहित ३२ जनामा कोरोना संक्रमण

गोरखा – गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
रूघाखोकीलगायत लक्षण देखिएपछि कात्तिक १४ गते स्वाब दिएका उनी र उनकी श्रीमती सँगै गोरखामा ३२ जनामा कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो।
‘दसैंलगत्तै रूघाखोकी र टाउको दुखाइपछि स्वाब दिँदा कोरोना पोजेटिभ पाइयो,’ उनले भने।
आफू गत बिहीबारदेखि नै होम आइसोलेसन बसेको सिडिओ भट्टराईले बताए। उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
उनले आफूहरूसँग सम्पर्कमा रहेकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन्।

