वीर अस्पतालको सेवा सुधारको माग गर्दै मन्त्री मेहतालाई ध्यानाकर्षण


काठमाडाैं – पछिल्लो समयमा वीर अस्पतालमा देखिएको बढ्दाे बेथितिविरूद्ध “100 Groups”ले ध्यानाकर्षण गराएको छ । ग्रुपका सदस्यहरूले वीर अस्पतालमा सेवाग्राहीले भोगीरहेको समस्या र देखिँदै आएको बेथितिविरूद्ध स्वास्थ्यमन्त्री निशा मेहता र स्वास्थ्य सचिव डा. विकास देवकोटालाई छुट्टा छुट्टै ध्यानाकर्षण गराएका हुन् ।

अ विपद् व्यवस्थापन, उद्धार, राहत वितरण, मानव सेवा तथा निःशुल्क शिक्षा सेवामा सक्रिय “100 Groups”का उपाध्यक्ष बिक्रम ओलिको समुहले वीर अस्पतालमा सेवाग्राहीहरूले भोगिरहेका समस्या, आम सचांर माध्यममा र आफुहरुमा आएका प्रतिक्रिया, अस्पतालभित्रको बिगतका कुशासन, नर्सिङ कर्मचारी लगायत माथिको माथि हुकुमी प्रवृत्ति, पारदर्शिता, गुणस्तरीय सेवासम्बन्धी चुनौती तथा अनियमितता नियन्त्रणका विषयमा ध्यानाकर्षण गराउँदै सेवाग्राहीहरूको पीडा र निम्नवर्गीय कर्मचारीहरूको गुनासोलाई समेटी समस्या समाधानका लागि स्वास्थ्यमन्त्री निशा मेहता तथा स्वास्थ्य सचिव डा. विकास देवकोटासँग भेटेर ध्यानाकर्षण गराएका छन् ।

ग्रुपले वीर अस्पताल प्रमुखलाई अस्पताल परिसर सरसफाइ, सेवाग्राहीलाई सवारी पार्किङ, शुद्ध खानेपानी, शैचालय, टिकट काउन्टर, बिल काउन्टर थप्न, आकस्मिक कक्षको शैया थप, ओपिडि तथ इमर्जेन्सीमा बरिस्ठ डा को उपस्थिति, icu शैया बिस्तार, icu bed खालि हुँदा-हुँदै खालि छैन भनी कमिसनको लागि निजि अस्पताल रिफर गर्न, अपरेसन, भिडियो एक्सरे, mri जाँचको मिति छिटो दिन, फार्मेसीमा बीमा लगायतको सबै ओँषधि राख्न , सुशासन कायम राख्न, हाजिर, पोशाक, बीमा स्वास्थ्य सेवा सुधार, कर्मचारीलाई सेवा सुबिधा ग्यारेन्टी, सिटि, ल्याब,फार्मेसी सहज रुपमा सन्चालन कुनै सनकग्रस्त प्रवृत्तिक प्रशासकको लहडमा नरोकिने सुनिश्चितता, कर्मचारीलाई पद /सेवा/तह अनुसार कामकाज खटाउन पनि माग गरेको छ र अस्पताललाई सुधार गर्न निर्देशन दिन हुन ध्यानाकर्षण गरेको छ ।

वीर अस्पतालमा लामो समयदेखि समुह बनाई राजनैतिक गतिविधि गर्ने, बिगतमा खरिद र स्टोरमा भएको अनियमितता माथि राज्य मा विभिन्न निकायले दिएको निर्देशन अनुसार कार्वाही, बिगतमै प्रशासनलाई दवाब दिई आफन्तलाई जागिरमा नियुक्ति दिलाउने, अस्पतालमा आर्थिक अनियमितता गर्ने, मेडिकल माफिया सग सेटिङमा खरिदबिक्री गर्न, उनिहरुको अनियमितता बारेमा आवाज उठाउनेलाई पाखुराको बल देखाई कर्मचारी धम्काउने, संस्था सुधार हुन नदिने पात्रहरु/कर्मचारीहरुलाई तत्कालै सरुवा तथा कारवाही गर्नुपर्ने पनि माग गरेको छ ।

प्रतिक्रिया