प्रतितोला १३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २७५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार १५५ मा कारोबार भएको थियो ।

गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया