
संघीय संसदको अधिवेशन वैशाख २८ गते आह्वान गर्न सिफारिस
काठमाडाैं – सरकारले वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मीत पोखरेलका अनुसार भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकबाट वैशाख २८ गते २ बजे संसदका दुवै सदनको बैठक बस्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।



कागजपत्र |
