
नेताद्वय पूर्णबहादुर र शेखरसँग भेट्दै कांग्रेस सभापति गगन
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग आज भेट्दैछन् ।
नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिए ।
स्रोतका अनुसार कोइरालासँग बिहान १० बजे र खड्कासँग बेलुका ५ बजे भेटघाट हुने सम्भावना छ । यद्यपि भेटको समय र स्थान भने औपचारिक रुपमा खुलाइएको छैन ।
कोइरालासँग थापाले एक्लै भेट्ने र खड्कासँग उपसभापति विश्वप्रकाश शर्मासहित भेट्ने स्रोतले जनायो ।
यसअघि ६ वैशाखमा सभापति थापाले गल्फुटारस्थित निवास पुगेर खड्कासँग भेटघाट गरेका थिए ।



कागजपत्र |
