
ओलीको पत्थरी शल्यक्रियापछि इन्फेक्सन, भेटघाटमा रोक
काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनको राजनीतिक भेटघाटमा रोक लगाइएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका ओली भक्तपुरको गुण्डुस्थित निवासमा आराम गरिरहेका छन्।
शल्यक्रियापछि संक्रमणको जोखिम देखिएकाले चिकित्सकहरूले उनलाई कम्तीमा १० देखि १५ दिनसम्म पूर्ण विश्राम गर्न सुझाव दिएका छन्। केही दिनअघि घाउमा संक्रमणको संकेत देखिएपछि भेटघाटलाई थप कडाइ गरिएको हो।
परिवार स्रोतका अनुसार ओलीको उपचार घरमै चिकित्सकको निगरानीमा भइरहेको छ। नियमित रूपमा ड्रेसिङ र रगत परीक्षण भइरहेको छ भने पछिल्ला रिपोर्टहरूले स्वास्थ्य अवस्थामा सुधार देखिएको जनाइएको छ।
भीडभाडले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सबै प्रकारका भेटघाट बन्द गरिएको छ। यद्यपि पार्टीका केही शीर्ष नेताहरूले भने दूरी कायम गर्दै सीमित रूपमा भेट गरिरहेका छन्।



कागजपत्र |
