दीपेन्द्रको शतकसँगै नेपालले दियो युएईलाई २९० रनको लक्ष्य


काठमाडौं – नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा नेपालले २८९ रन बनाएपछि युएईले उक्त लक्ष्य पाएको हो ।

नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले यूएईविरुद्ध शतक बनाएका छन्।

आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले शतक प्रहार गरेका हुन्। ९४ बलमा शतक प्रहार गरेका हुन्। उनले १३ चौका र एक छक्का प्रहार गरे।

नेपालका लागि विनोद भण्डारीले ५६ रन बनाए भने गुल्सन झाले ४४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाए ।

 

प्रतिक्रिया