बढ्यो खाना पकाउने ग्याँसको मूल्य, अब कति पुग्यो त ?


काठमाडौं – खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको छ । पेट्रोलको प्रतिलिटर २ रूपैयाँले घट्दा डिजेल र मट्टितेलको भने प्रतिलिटर १२ रूपैयाँले घटेको छ ।

प्रतिक्रिया