रूपन्देहीमा मिनी बस र इभी माइक्राे ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते


रूपन्देही – रुपन्देहीको देवदह नगरपालिका-१० भलुही गणेशनगरस्थित प्रतीक्षालय नजिक मिनी बस र ईभी माइक्रो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरूको साथमा भएको कागजअनुसार पदम रायमाझी र रानीकुमारी खत्रीको मृत्यु भएको प्रहरीको भनाइ छ । ठेगाना भने खुलेको छैन ।

प्रतिक्रिया