दार्चुलामा गाई काटेकाे आराेपमा दुई जना पक्राउ


दार्चुला- दार्चुलामा गाई काटेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा–१ लास्कुखोलाका तेज लुहार र लोकेन्द्र भुल रहेका छन्।

उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए। उनका अनुसार पशुपन्छी हत्या सम्बन्धी अभियोगमा दुवै जनामाथि अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार महाकाली नगरपालिका–४ की एक महिलाको गाई हराएको थियो। सोही क्रममा लास्कुखोलामा मासु काटिरहेको अवस्थामा उनीहरू फेला परेपछि हराएको गाई नै काटिएको हुनसक्ने आशंकामा पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया