दशरथ रंगशालामा सुकुम्बासीहरूकाे दर्ता प्रक्रिया सुरु


काठमाडौं-  काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल र मनोहरा क्षेत्रका सुकुम्बासी बस्तीमा डोजर चलाएर संरचना हटाउने कार्य जारी रहँदा, प्रभावित परिवारहरूको दर्ता प्रक्रिया भने दशरथ रंगशालामा सुरु गरिएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले रंगशालामा सुकुम्बासीहरूको विवरण संकलन गर्ने काम गरिरहेका छन्।

समितिका आयोजना उपनिर्देशक विदुर झाका अनुसार हालसम्म ३४० परिवार दर्ता भइसकेका छन्। सरकारले बस्ती हटाउने अभियानसँगै प्रभावित नागरिकहरूको व्यवस्थापनका लागि तथ्यांक संकलनलाई प्राथमिकता दिएको जनाएको छ।

प्रतिक्रिया