इजरायलमा ज्यान गुमाएका विपिनका परिवारलाई १० लाख सहयोग गर्ने निर्णय


काठमाडौं- सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै जोशीको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने जानकारी दिए।

जोशी अध्ययनका लागि इजरायल गएका बेला गाजामा भएको घटनामा परेर मृत्यु भएको जनाइएको छ।

यसअघि सरकारले मन्त्रिपरिषद् बैठकका सीमित निर्णय मात्रै सार्वजनिक गर्दै आएको थियो। तर यसपटक भने हालसम्मका सबै निर्णयहरू सार्वजनिक गरिएको प्रवक्ता पोखरेलले बताए।

प्रतिक्रिया