सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन


काठमाडौं- अबदेखि सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य हुने भएको छ। सरकारले मन्त्रालय, विभाग तथा सबै सरकारी निकायमा कार्यरत कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली लागू गर्न परिपत्र जारी गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै सरकारी निकायलाई पत्राचार गर्दै उक्त प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।

मन्त्रालयले विद्युतीय हाजिरी प्रणाली लागू गरी त्यसको विवरण नियमित रूपमा अभिलेखिकरण गर्न पनि भनेको छ। साथै, प्रत्येक १५ दिनमा हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सुरक्षित रूपमा अभिलेख राख्न निर्देशन दिइएको छ।

प्रतिक्रिया