रातो मच्छिन्द्रनाथको रथ पाटनको सुन्धारा लगिँदै


काठमाडौं – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बिहीबार मंगलबजारबाट पाटनको सुन्धारामा रथ लगिने कार्यक्रम छ।

बुधवार गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको थियो। स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर मंगलबजार पुर्‍याइएको हो।

जात्रा तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ। मंगलबार विधिवत् रूपमा शुरु भएको रातो मच्छिन्द्रनाथको रथ मंगलबार पुल्चोकबाट तानेर गाबहाल लगिएको थियो ।

बिहानैबाट मंगलबजारमा पूजाआजा गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ। स्थानीय बासिन्दाहरूले रथको दर्शन र पूजा अर्चना गरिरहेका छन् । जात्रालाई शान्तिपूर्ण र भव्यरूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि मजबुत पारिएको छ ।

प्रतिक्रिया