
सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता
डोटी- सेती नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्। उनीको खोजीका लागि अहिले प्रहरी टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दीपक बोहरा बेपत्ता भएका हुन्।
बोहरा दिपायल सिलगढी नगरपालिका–५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए। कामकै सिलसिलामा रहेका उनी नदीमा नुहाउन गएका बेला अचानक बेपत्ता भएको प्रहरीले जनाएको छ।
उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरी बलका १३ जना गरी २१ जनाको संयुक्त टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।



कागजपत्र |
