
अमेरिकी सहायक विदेशमन्त्री र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
काठमाडौं- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
सोमबार भएको उक्त भेटमा मन्त्री कपुरले लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको बताएको जनाइएको छ। भेटका क्रममा रास्वपाका प्राथमिकता, समसामयिक राजनीतिक अवस्था तथा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको बताइएको छ।
त्यसैगरी दुई पक्षबीच शिक्षा, विकास सहयोग तथा आपसी सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि विचारविमर्श भएको जनाइएको छ।
रास्वपा स्रोतका अनुसार भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।



कागजपत्र |
