बैतडीमा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु


बैतडी-  बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको सिगास गाउँपालिका–८ लुपुण सानिगाडा खोला नजिक कच्ची सडकखण्डमा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय लोकेन्द्र बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेको थियो, जसका कारण उनी गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि चालक दान सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुर्घटना हुनेबित्तिकै उनले ट्याक्टरबाट हाम फालेर ज्यान जोगाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया