पोखरा जाँदै पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन् ।

संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचना अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह यसै साता पोखरा जान लागेका हुन् ।

त्यहाँ रहँदा पूर्वराजा विभिन्न कार्यक्रम र शुभेच्छुकसँग भेटघाटमा सहभागी हुने बताइएको छ ।

यसअघि नयाँ वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनी बालेन शाह नेतृत्वको सरकारप्रति नरम सुनिएका थिए ।

 

प्रतिक्रिया