टी-२० आई खेल्ने नेपाली टोली घोषणा


काठमाडौं-  नेपाल र यूएईबीच हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। कप्तानमा दीपेन्द्र सिंह ऐरी चयन हुँदा टोलीमा अनुभवी र युवा खेलाडीको समिश्रण देखिएको छ।

टोलीमा स्टार लेग स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल, अलराउन्डर कुशल मल्ल तथा आक्रामक ब्याटर सन्दीप जोरा समावेश छन्। विकेटकिपरको जिम्मेवारी लोकश बमले सम्हाल्नेछन् भने आरिफ शेख बसिर अहमद, गुल्शन झा रहेका छन्।

त्यसैगरी टोलीमा नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल पनि परेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको यस टोलीमा वैकल्पिक खेलाडीका रूपमा प्रतिश जीसी, नारायण जोशी र राशिद खान राखिएका छन्।

प्रतिक्रिया