भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


भक्तपुर – भक्तपुरमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकले ज्यान गुमाएका छन्।

सूर्यविनायक नगरपालिका– १०, नलिन्चोकस्थित सडकमा बा.८४ प ६७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका– १० चित्तपोल बस्ने ४८ वर्षीय अर्जुन परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया