
कोइला अभावले हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द
मकवानपुर – हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ।
करिब एक महिनाअघि मात्र नियमित रूपमा सञ्चालनमा आएको उद्योग पुनः कोइला अभावका कारण बन्द गर्नुपरेको हो।
उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको जनाएको छ।
हेटौँडा सिमेन्ट उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठका अनुसार करिब दुई हप्ताभित्र कोइला आइपुग्ने अपेक्षा गरिएको छ। कोइलाको परीक्षण नतिजाका आधारमा मात्र उत्पादन पुनः सुरु गर्ने समय निर्धारण गरिने उनले जानकारी दिए।



कागजपत्र |
