झापामा भोटे पुलमुनि नवजात शिशुको शव फेला


झापा- झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ।

बुधबार राति करिब ११:५० बजे पुलमुनि नवजात शिशु (छोरा) को शव भेटिएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी धरमपुरबाट टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ।

घटनाको अनुसन्धानका क्रममा एक १३ वर्षीया नाबालिकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रारम्भिक आशङ्का अनुसार उनले जन्माएर शिशु फालेको हुन सक्ने अनुमान गरिएको छ।

शिशु मृत जन्मिएको हो वा जन्मपछि हत्या गरिएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया