कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु


काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

बैठकमा अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमा बढ्दो साइबर बुलिङलगायत विषयमा मुख्य रूपमा छलफल भइरहेको उनले बताए । अभिव्यक्तिको स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकार र स्वतन्त्रताको पक्षमा पार्टीको स्पष्ट अडान रहने उनले उल्लेख गरे ।

यसका साथै विधिको शासन र पछिल्लो समय राज्य सञ्चालनसँग सम्बन्धित विभिन्न घटना र परिघटनाबारे पनि बैठकमा समीक्षा हुने जनाइएको छ ।

पार्टी संरचना विस्तारअन्तर्गत नीति तथा अनुसन्धान प्रतिष्ठान गठन प्रक्रियाबारे समेत छलफल हुने बताइएको छ । साथै निर्वाचन ब्युरो, आन्तरिक व्यवस्थापन र सञ्चालनसम्बन्धी विषय पनि एजेन्डामा रहेका छन् ।

प्रतिक्रिया