गाजामा भएको इजरायली आक्रमणमा दश जनाको मृत्यु


गाजा – गाजास्थित प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा भएको इजरायली आक्रमणमा एक बच्चासहित दश जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।

गाजामा अक्टोबर– १० देखि लागु भएको युद्धविरामको बावजुद हिंसा जारी छ भने इजरायल र हमासले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन् ।

हमास प्राधिकरण अन्तर्गत उद्धार सेवाको रूपमा सञ्चालीत नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरमा प्रहरीको गाडीलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरुको मृत्यु भएको र अन्य धेरै घाइते भएको बताएका छन् ।

विज्ञप्तिमा, गाजाको आन्तरिक मन्त्रालयलेसमेत इजरायली लडाकु विमानहरूले सहरको केन्द्रमा प्रहरीको गाडीलाई लक्षित गरी गरेको आक्रमणमा धेरै घाइते भएको बताएको छ ।

प्रतिक्रिया