दीपक भट्ट र सुलभ अग्रवालको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरणकाे छापा


काठमाडौं –  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको निवास तथा कार्यालयमा छापा मारेको छ ।

मंगलबार बिहान विभागको टोलीले उनीहरूको निजी निवास र व्यावसायिक कार्यालयमा छापा मारेर आवश्यक कागजात तथा डिजिटल सामग्री नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

भट्ट र अग्रवालको साझेदारी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीको कार्यालयमा समेत छापा मारिएको छ । त्यहाँबाट अनुसन्धानका लागि आवश्यक कागजात र डिजिटल डाटा बरामद गरिएको विभागका एक कर्मचारीले जानकारी दिएका छन् ।

विभागले दुवै व्यवसायीसँग सम्बन्धित सम्पत्ति र कारोबारमाथि गम्भीर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा मोबाइल, कम्प्युटर, सीसीटीभी फुटेजलगायतका सामग्री पनि जफत गरिएको बताइएको छ ।

भट्ट हिमालयन रि–इन्स्योरेन्स कम्पनीका प्रमुख शेयरधनीमध्ये एक हुन् ।

हाल दुवै जना सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका छन् ।

प्रतिक्रिया