
अमेरिकाले सुरू गर्यो इरानमाथि नाकाबन्दी
काठमाडौं- अमेरिका इरानमाथि नाकाबन्दी सुरू गरेको छ।
अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी सुरू गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएपछि ट्रम्पले सोमबारदेखि नै लागू हुने गरी इरानमाथि नाकाबन्दी लगाउने घोषणा गरेका थिए।
इरानमाथि नाकाबन्दी लगाए पनि इरानसँगको संवादको प्रयास जारी रहेको भनेर एक अमेरिकी अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पनि द्वन्द्व समाधानका लागि प्रयासहरू अझै जारी रहेको बताएका छन्।
अमेरिका र इसराइलले युद्ध सुरू गरेपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेर आफ्नो अनुमतिमा मात्रै सो जलमार्ग प्रयोग गर्न दिइरहेको छ।
वार्ता असफल भएपछि जबाफमा अमेरिकाले पनि हर्मुजमा नाकाबन्दी लगाउने ट्रम्पले घोषणा गरेका हुन्।



कागजपत्र |
