
यी हुन् भृकुटीमण्डपमा भाडा नतिरी बस्नेहरु: अनेरास्ववियुदेखि ऋषि धमलाको रिपोर्टर्स् क्लबसम्म
काठमाडाैं- समाज कल्याण परिषद् मातहत रहेको भृकुटीमण्डपभित्रका संरचना भाडामा लिएर लामो समयदेखि बक्यौता नबुझाउने २० संघ–संस्था तथा केही व्यावसायिक स्टलमा परिषद्ले ताला लगाएको छ।
सोमबार प्रधानमन्त्री कार्यालय हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट समेत निर्देशन आएपछि भाडा नतिर्ने संस्थाहरूमा ताला लगाइएको समाज कल्याण परिषद्का सदस्य–सचिव सरोजकुमार शर्माले जानकारी दिएका छन्।
परिषद्का अनुसार भृकुटीमण्डपभित्रका विभिन्न संरचनाबाट करिब ७ करोड ७९ लाख ८१ हजार ३४ रुपैयाँ बक्यौता उठ्न बाँकी छ। भाडा नबुझाउने संस्थामध्ये ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लब नेपाल पनि रहेको छ, जसले करिब ७३ लाख ४० हजार ९०१ रुपैयाँ ७५ पैसा तिर्न बाँकी छ।
त्यस्तै, एमालेनिकट अनेरास्ववियु २०७७ सालदेखि भृकुटीमण्डपमा बस्दै आएको तर हालसम्म भाडा नबुझाएको परिषद्ले जनाएको छ। बिना निवेदन र सम्झौताविनै अनेरास्ववियु उक्त स्थानमा बसेको दाबी पनि गरिएको छ।









कागजपत्र |
