गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो : गृहमन्त्री सुधन


काठमाडौं- प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले आफू सरकारमा आउनुअघि नै भ्रष्टाचार नगरी वैधानिक रूपमा सम्पत्ति आर्जन गरेको स्पष्ट पारेका छन्। भ्रष्टाचार नगरी कमाएको सम्पत्ति पाप नहुने उनको भनाइ छ।

गुरुङले सरकारमा आएपछि भने भ्रष्टाचार गरेर सम्पत्ति कमाउनु नै वास्तविक पाप हुने उल्लेख गरेका छन्। उनले गरिब भएर जन्मिनु गल्ती नहुने तर जीवनको अन्त्यसम्म गरिब नै रहनु भने आफ्नै कमजोरी हुन सक्ने धारणा पनि व्यक्त गरेका छन्।

गृहमन्त्रीको यो टिप्पणी सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

प्रतिक्रिया