महिला तथा बालबालिका मन्त्री वादीले समेटिन् कुखुरा र कुकुर !


काठमाडौंं — प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको विवरणअनुसार मन्त्रीहरुले आफूसँग भएका चल–अचल साथै विभिन्न अन्य सम्पत्तिहरुको सार्वजनिक गरेका छन् ।

अन्य मन्त्रीहरुले जस्तै महिला तथा बालबालिका मन्त्री सीता वादीले पनि सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् ।

उनले सार्वजनिक गरेको विवरणअनुसार उनका ससुराको नाममा बुढानिलकण्ठ, सुर्खेत र नुवाकोटमा केही जग्गा भएको खुलाइएको छ । त्यस्तै उनीसँग १८ तोला सुन र १५ तोला चाँदी रहेको समेत खुलाइएको छ ।

त्यस्तै उनले पशुपालनतर्फ २० वटा कुखुरा र १ कुकुर रहेको पनि उल्लेख गरेकी छिन् ।

साथै उनको नाममा एउटा स्कुटर समेत रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया