महान्यायाधिवक्ता कँडेलविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ


काठमाडौं- महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिमा योग्यताको प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरेको छ।

अधिवक्ता माधवकुमार बस्नेतले कँडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाउँदै उत्प्रेषणसमेतको रिट निवेदन दर्ता गराएका थिए। तर सर्वोच्च अदालतले उक्त निवेदन दर्ता गर्न अस्वीकार गर्दै दरपीठको आदेश दिएको हो।

सर्वोच्चले आफ्नो आदेशमा निवेदकले दाबी पुष्टि हुने पर्याप्त प्रमाण वा कागजात पेश नगरेको उल्लेख गरेको छ। साथै, विपक्षीबाट कुनै कानुनविपरीत कार्य भएको भए त्यसविरुद्ध नियमित अदालतमार्फत कानुनी उपचार खोज्न सकिने व्यवस्था रहेकाले असाधारण अधिकार क्षेत्र प्रयोग गरी निवेदन दर्ता गर्न नमिल्ने ठहर गरिएको छ।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४० (१)(ग) अनुसार निवेदकले आफ्नो मौलिक वा कानुनी हक कसरी हनन भएको हो भन्ने स्पष्ट प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ।

सरकारले डा. नारायणदत्त कँडेललाई चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेको थियो।

प्रतिक्रिया