भक्तपुरमा प्रसिद्ध ‘बिस्का जात्रा’ शुरू


भादगाउँ – भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ।

साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैलखः ९भैरवनाथको रथ० तानातान गरी जात्राको सुरुआत गरिन्छ। अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ। तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ।

बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ।

जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारी हुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पुर्‍याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ।

प्रतिक्रिया