उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई रास्वपाकाे साथ


काठमाडौं-  उपसभामुख चयनको सन्दर्भमा राजनीतिक समीकरण फेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने निर्णय गरेको भए पनि अन्तिममा निर्णय बदलेर श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ।

रास्वपाका नेताहरूका अनुसार पार्टीले सुरुमा राप्रपालाई समर्थन गर्ने तयारी गरेको थियो। सोहीअनुसार राप्रपाबाट सरस्वती लामाले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराइसकेकी छन्। तर अन्तिम क्षणमा रास्वपाले आफ्नो समर्थन परिवर्तन गर्दै श्रम संस्कृति पार्टीतर्फ उभिएको हो।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको हो। उनले पार्टीले उक्त उम्मेदवारलाई औपचारिक रूपमा समर्थन गर्ने बताएका छन्।

प्रतिक्रिया