सडकबाट उठेर पाँचतारे शिखरसम्मः सापकोटाको संघर्ष, सपना र प्रेरणादायी यात्रा


काठमाडौं – कहिलेकाहीँ जीवनमा केही यस्ता व्यक्तित्व जन्मिन्छन्, जसको यात्रा केवल व्यक्तिगत सफलताको कथा हुँदैन, त्यो हजारौँ युवाका लागि प्रेरणा, साहस र सम्भावनाको प्रतीक बन्छ। बलराम सापकोटा त्यस्तै एक नाम हो—जसले सपना देखे, संघर्ष गरे, हार मानेनन् र आज ती सबै सपनालाई यथार्थमा बदलिसकेका छन्।

काभ्रेको रोशी गाउँपालिका, वाल्टिङको सामान्य परिवेशबाट राजधानी काठमाडौं छिरेका सापकोटासँग सुरुवातमा ठूलो सम्पत्ति थियो न घरानिया व्यावसायी सम्बन्ध उनीसँग थियो त केबल—ठूलो सपना र त्यो पूरा गर्ने अदम्य साहस।

आजभन्दा करिब २५ वर्षअघि, उनले आफ्नो जीवनको एउटा दृष्टि बनाएका थिए। साथीभाइहरू घर जोड्ने सोचमा थिए, तर उनले फरक बाटो रोजे । २०६० तिर उलने टोयोटा कम्पनीको यारिस गाडी खरिद गर्दा धेरै साथी भाई र आफन्तले एउटा प्रश्न गरे—“काठमाडौंमा आफ्नै घर छैन, घर नकिनी किन गाडी?”

तर उनको जवाफ दूरदर्शी थियो—“घर त जहाँ पनि भाडामा पाइन्छ, तर व्यापारी बन्न समय, गति र पहुँच चाहिन्छ। त्यसका लागि गाडी मेरो आजको आवश्यकता हो।”

यो केवल गाडी खरिद गर्ने निर्णय थिएन, यो भविष्य निर्माणको पहिलो रणनीतिक कदम थियो।

उनको कोठाको भित्तामा रेन्चरोभरको गाडीको तस्वीर टाँसिएको हुन्थ्यो। उनी दिनहुँ त्यसलाई हेर्दै भन्थे— “यो मेरो ड्रीम कार हो, एक दिन म यही गाडी चढ्नेछु।”

आज त्यो सपना केवल कार चढ्ने स्तरमा सीमित छैन—उनी त्यो सपनाभन्दा धेरै माथि पुगिसकेका छन्।

आज झापा केवल व्यापारिक केन्द्र मात्र होइन, पर्यटन गन्तव्यको रूपमा पनि विश्वसामु चिनिन थालेको छ। बलराम सापकोटाको दूरदृष्टिले पूर्वलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाएको छ।

यारिस चढेर उनी पाँचतारे होटलहरूमा जान्थे। उनी त्यहाँ कफीको स्वाद लिन मात्र जाँदैनथे। उनको उद्देश्य फरक थियो। उनी ठूला व्यापारीहरू कसरी बोल्छन्, कसरी निर्णय लिन्छन्, कसरी नेटवर्क बनाउँछन्, कसरी अवसर चिन्छन्—त्यो बुझ्न जान्थे। पाँचतारे होटलका टेबलहरूमा बसेर उनले व्यवसायिक सोच, नेतृत्व शैली र सफलता पछाडिको मनोविज्ञान अध्ययन गरे।

यही सिकाइले उनलाई एउटा सामान्य रेस्टुरेन्टबाट सुरु भएको यात्रालाई विस्तार गर्दै लैजान प्रेरित गर्यो । एउटा रेस्टुरेन्ट दुई भयो, दुईबाट पाँच भयो, र त्यही संघर्षले आज उनलाई पाँचतारे होटल उद्योगको शिखरसम्म पुर्याएको छ ।

सबैभन्दा उल्लेखनीय अध्याय भने पूर्वी नेपाल, झापामा पाँचतारे होटल स्थापना गर्ने निर्णय थियो। जब उनले त्यहाँ पाँचतारे होटल खोल्ने योजना अघि सारे, धेरै व्यापारीहरूले भने—

“झापामा पाँचतारे चल्दैन।”

“यो सम्भव छैन।”

तर बलराम सापकोटाले अरूको शंका होइन, आफ्नो दृष्टिमा विश्वास गरे।

आज त्यही झापामा फैलिएको उनको पाँचतारे होटल नेपालकै ठूला आतिथ्य परियोजनामध्ये एक बनेको छ। करिब दस बिघा क्षेत्रफलमा फैलिएको, २०५ भन्दा बढी कोठासहितको विशाल पाँचतारे होटलले पूर्वी नेपाललाई नयाँ व्यापारिक र पर्यटन नक्सामा स्थापित गरेको छ।

यो केवल एउटा होटल होइन; यो एउटा दृष्टि हो, एउटा साहसिक निर्णयको परिणाम हो, एउटा व्यक्तिको संघर्षले कसरी एउटा भूगोलको पहिचान बदल्न सक्छ भन्ने उदाहरण हो।

आज झापा केवल व्यापारिक केन्द्र मात्र होइन, पर्यटन गन्तव्यको रूपमा पनि विश्वसामु चिनिन थालेको छ। बलराम सापकोटाको दूरदृष्टिले पूर्वलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाएको छ।

आज उनी आफ्नो २५ वर्षअघिको सपना सबै पूरा गरिसकेका छन्—ड्रिम कार पनि चलाइसके, पाँचतारे होटलको मालिक पनि बनिसके, र हजारौँ युवाका लागि प्रेरणाको स्रोत पनि बनिसके।

यति संघर्ष, यति अनुभव, यति नेतृत्व क्षमता भएको व्यक्तित्व आज  एफएनसीसीआई निर्वाचनको एशोसिएट्सतर्फको केद्रिन्य सदस्यमा उमेद्धारा भएका छन । आफूलाई नेतृत्व तहमा आउनु केवल एउटा व्यक्तिको चुनावी मुद्दा होइन, यो उद्योग–व्यवसाय क्षेत्रको भविष्यसँग जोडिएको विषय हो।

तल्लो तहबाट उठेर शिखरसम्म पुगेको व्यक्तिले मात्र भुइँतहको पीडा, संघर्ष र सम्भावना बुझ्न सक्छ। जसले शून्यबाट साम्राज्य निर्माण गर्न सक्छ, उसले संस्थालाई पनि नयाँ उचाइमा पुर्याउन सक्छ। त्यसैले आज यस्तो व्यक्तित्वलाई महासंघको नेतृत्व संरचनामा पुर्याउनु समयको आवश्यकता रहेका एक व्यावसायीले बताए ।

यो केवल एक उम्मेदवारलाई जिताउने कुरा होइन, यो संघर्षको सम्मान, दूरदृष्टिको मूल्यांकन र उद्योग–व्यापारको उज्ज्वल भविष्य निर्माण गर्ने निर्णय हो। बलराम सापकोटा केवल एउटा नाम होइन—उनी संघर्षको प्रतीक हुन्,सफलताको परिभाषा हुन्,र नेतृत्वको नयाँ आशा हुन्।

प्रतिक्रिया