सेवाग्राहीलाई दु:ख दिएको आरोपमा जिल्ला प्रशासन सल्यानका सुब्बा पक्राउ


सल्यान- जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा फाँटमा कार्यरत सुब्बा निरज परियारविरुद्ध गम्भीर आरोपहरू लागेपछि अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सोमबार साँझ पक्राउ परेका परियारलाई मंगलबार अदालतमा उपस्थित गराइ म्याद थप गरिएको हो।

सेवाग्राहीलाई दुःख दिने, मुद्दा मिलाइदिने नाममा आर्थिक लेनदेनका लागि बार्गेनिङ गर्ने तथा फेक च्याट तयार पारेर भ्रम सिर्जना गरेको आरोपमा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। हाल उनीमाथि ठगी तथा साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

 

प्रतिक्रिया