रोशी खोलामा गृहमन्त्री गुरुङको स्थलगत निरीक्षण


काठमाडौं-  गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्।

मंगलबार दिउँसो उनी बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष जानकारी लिन प्रभावित क्षेत्रमा पुगेका हुन्।

वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण बीपी राजमार्ग आसपासका क्षेत्रमा समस्या बढ्दै गएको गुनासोपछि गृहमन्त्री गुरुङ नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थल चौकीडाँडा पुगेर स्थलगत अवलोकन गरेका हुन्।

निरीक्षणका क्रममा उनले बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती र पूर्वाधारको वास्तविक स्थिति अध्ययन गरेका थिए।

यस अवसरमा नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवा लगायतका जनप्रतिनिधिले गृहमन्त्री गुरुङलाई स्वागत गरेका थिए।

प्रतिक्रिया