
बाबुको सट्टामा छोराले एसइई दिएपछि…
जाजरकोट — जाजरकोटमा बाबुको परिक्षा दिएका छोरासहित ३ जना पक्राउ परेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सोमबार सञ्चालित गणित विषयको परिक्षामा बाबुको सट्टामा परीक्षा दिने छोरासहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको छेडागाड नगरपालिका–१२, कार्कीगाउँस्थित नारायणी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक नाबालकले बाबुको नाममा परिक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी एकबहादुर नेपालीका अनुसार सट्टा परीक्षा दिन तथा नक्कली प्रवेशपत्र बनाउन सहयोग गर्ने छेडागाड नगरपालिका–११, झाप्रास्थित बाल माध्यमिक विद्यालयका ४२ वर्षीय लेखापाल कालीबहादुर नेपालीलाई पनि पक्राउ गरिएको छ।
प्रहरीले नाबालक, उनका बाबु र सहयोगी कालीबहादुर नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।



कागजपत्र |
