सभामुख अर्यालले लिए शपथ


काठमाडौं-  प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीलत निवासमा आइतबार दिउँसो आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई सभामुखको शपथ गराएका हुन् ।

शपथ ग्रहण गरेसँगै अर्यालले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकदेखि नै संसद सम्हाल्ने छन् । अर्याल आइतबार बिहान सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया