सातामा दुई दिन बिदा दिने सरकारको निर्णय


काठमाडौं । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।

यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ ।

पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने  निर्णय भएकाे सरकारका प्रवक्ता  सस्मित पाेखरेलले जानकारी दिए ।

शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने  उनले बताए ।

प्रतिक्रिया